२०८१ बैशाख १९ , बुधवार

ट्याक्टरबाट खसेर एकको मृत्यु

सुनाखरी न्युज / काठमाडौँ- दाङको लमही नगरपालिका–६, देउपुरमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

 

स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

 

लु४त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान करिब ६ बजे त्यसबाट खसेका थिए । ट्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।