२०८१ बैशाख १५ , शनिवार

प्लाष्टिकका फूल आयातमा प्रतिवन्ध

सुनाखरी न्युज / काठमाडौँ- सरकारले प्लाष्टिकजन्य फूलगुच्छाको कारोबारमा रोक लगाएपछि स्वदेशी किसानहरु उत्साहित भएका छन्।

 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातारण संरक्षण ऐन बमोजिम नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात बिक्री वितरण वा भण्डार गर्न पुर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो। यो निर्णयबाट स्वदेशी उत्पादित ताजा फूलहरुले बजार पाउने नेपाल फ्लोरिकल्चर एसोसिसनले जनाएको छ। सरकारको निर्णयबाट किसान तथा व्यवसायीहरु उत्साहित भएको एसोसियनसका अध्यक्ष मीनबहादुर तामाङले बताए।

 

नेपालमा ठुलो परिमाणमा चीनबाट प्लाष्टिकका फूलहरु आउने गर्छ। आयातको रेकर्ड भने छैन। वार्षिक २ अर्ब भन्दा बढीको फूलको कारोबार हुने गरेको छ। पछिल्लो समय चाडपर्व र विभिन्न कार्यक्रमहरुमा ताजा भन्दा कृत्रिम फूलहरु लगाउने चलन बढिरहेको थियो। प्लाष्टिकजन्य पुष्पगुच्छा र मालाको आयातमा रोक लगाउँदा वार्षिक करिब १० करोड रुपैयाँको बच्ने अनुमान गरिएको छ। वातावरण प्रदूषण पनि कम हुने र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूलको उपयोग बढाउनै यो निर्णय गरिएको हो।