२०८१ बैशाख १५ , शनिवार

हाफ पाइन्टको बटनमा सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

सुनाखरी न्युज / काठमाडौं – मङ्गलबार दिउसो करिब १ बजे थाई स्माईल एयरलाईन्समार्फत काठमाडौं आएका भारतीय यात्रुको साथबाट बरामद गरिएको हाफ पाइन्टको बटम सुनको भेटिएको हो । हाफ पाइन्टका टाँकभित्र सुन लुकाएर ल्याउने एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

 

भारतीय नागरिक डेभिड मक्करले आफ्नो साथमा ल्याएको ५ वटा हाफ पाइन्ट भित्र अस्वभाविक संख्यामा जडान गरिएका टाँक जडान गरेको पाइएको थियो । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयलाई शंका लागेपछि चेकजाँच गर्दा टिप बटन भित्र साना÷साना रिङ् बनाएर ४२६ ग्राम सुन लुकाएर ल्याएको पाइएको हो । सुन फेला परेपछि भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारवाही सुरू गरेको छ ।

 

भन्सार प्रमुख महेश भट्टराईले निकै कुशलतापूर्वक रेडिमेड हाफ पाइन्टको मेटल बटन भित्र प्रत्येक बटनमा २ वटा सुनका रिङ्लाई फिट गरेर लुकाई छिपाई ल्याइएको अवस्थामा निजलाई नियन्त्रणमा लिइएको बताए । मक्करले रेडिमेड हाफ पाइन्टमा धातुले बनेका प्रत्येक टाँकमा दुई वटा सुनका रिङ राखेर ल्याएका थिए। भट्टराईका अनुसार उनीबाट बरामद भएको सुनको बजार मूल्य करिब ३५ लाख रूपैयाँ छ । मक्करलाई अहिले नेपाल प्रहरीको हिरासतमा राखिएको छ।