२०८१ बैशाख १४ , शुक्रवार

भ्रातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔं: महामन्त्री थापा

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्।

 

काठमाडौं महानगरपालिका–८ एकाइ समितिले क्रियाशील सदस्यसँग गरेको अन्तर्क्रियामा उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए।

 

संसदमा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताए।
रासस