२०८१ बैशाख १४ , शुक्रवार

२० तोला सुनका गहनासहित एकजना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – विराटनगर विमानस्थलबाट सुनका गहनासहित एक ब्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका कुलबहादुर सुनुवारलाई मंगलबार बिहान यति एयरलाइन्सबाट काठमाडौँ जाने क्रममा पक्राउ गरेको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बिहान ९ बजेको समयमा विराटनगरबाट काठमाडौँ जाँदै गर्दा विमानस्थलबाट २० तोला सुनको गहनासहित सुनुवारलाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले संकास्पद रुपमा गहना लैजाँदै गर्दा पक्राउ गरिएको उनको भनाई छ।

 

पक्राउ गरिएका सुनुवारलाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रवक्ता श्रेष्ठले पक्राउ परेका सुनुवारको साथबाट बरामद गरिएको सुन वैद्य हो वा होइन अनुसन्धान भइरहेको बताए। अर्कोतर्फ, सुनुवारले तीन किलो सुन बैंकबाट खरिद गरेको र बाँकी गहना बनाएर लैजान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ। उनीसँग सुन खरिदका विलका आधारमा कारबाही अधि बढ्ने वा नबढ्ने निक्र्यौल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।