२०८१ बैशाख १४ , शुक्रवार

प्रदेश नम्बर १ का मुख्यमन्त्री लाई कोरोना संक्रमण

सुनाखरी न्युज/ काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना सङ्क्रमण भएको छ। सोमबार परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

 

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो। पिसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण देखिएको थियो।

 

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।