२०८१ बैशाख १४ , शुक्रवार

सुनको मूल्यमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२२० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।