२०८१ बैशाख १४ , शुक्रवार

चोरी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ विराटनगर। चोरी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नं. ४ बस्ने ३० बर्षीय संजयकुमार मण्डल र सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ भानु स्मृतिमार्ग बस्ने ३७ बर्षीय बिशेष भुजेल रहेका छन् ।

 

उनिहरुलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा आज गाउँ घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई सम्मानित मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार पठाएको छ ।

 

फरार रहेका संजयकुमार मण्डल भएको चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०७।०८ गते को सजाय निर्धारण फैसला आदेशले क्रमशः ५ महिना १४ दिन कैद र रु. ५,०००/- (पाँच हजार) जरीवाना भई लगत नं. १५३२ मा कैद तथा जरीवाना र बिशेष भुजेल भएको मोटरसाईकल चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०७।१० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ५ महिना ५ दिन कैद र रु.५,०००/- (पाँच हजार) जरीवाना भई लगत नं. १६२८ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।