२०८१ बैशाख १४ , शुक्रवार

मन्दिरमा जल चढाउन जाँदा करेन्ट लागेर १० जनाको मृत्यु

सुनाखरी न्युज /

भारत – पश्चिम बङ्गालको कुचबिहारमा पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । १६ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । पिकअपमा बसेर २७ जना कन्वरीया जल्पेशको शिव मन्दिरमा जल चढाउन गइरहेका थिए । पिकअपको पछाडि डीजे बजिरहेको बताइएको छ । जेनेरेटरको तारमा सर्ट भएर करेन्ट पिकअपमा पुग्यो ।

 

पिकअपमा चालक सहित २७ जना थिए । करेन्ट लागेर १० कन्वारियाको घटनास्थलमै मृत्यु भएको भारतीय समाचार एजेन्सीले जनाएको छ  । पिकअपमा करेन्ट आएपछि चालक फरार भएका थिए ।

 

 

 सिताकुची प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएको छ । उनीहरु एक–एक गरेर पिकअपबाट तल खसे । मानिसहरूले थाहा पाउँदसम्म मृत्यु भइसकेको थियो । अन्य घाइते कन्वरियाको अवस्था सामान्य रहेको बताइएको छ । एजेन्सी