२०८१ बैशाख १४ , शुक्रवार

ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमा भन्दा धेरै छन् ।

 

“हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ हामी सबै जीवनको आनन्दलिन चाहन्छौँ ।” ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भन्नुभयो “हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पु¥याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढी रहेका छौँ । यो ओप्पोको दिगो विकासको भावनाहो जसलाई हामीले हरेक दिनआत्मसात गर्छौ ।”

 

त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । उनीहरुको आवश्यकता अनुसार, ओप्पो ए५७मा५००० एमएएच् ब्याट्री ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ IPX4 वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदाहुने स्क्यार्च बाट पनिबच्न सक्नुहुन्छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।

 

बजारमा उपलब्धता
ओप्पो ए७७ ४जिबी ¥याम+१२८ जिबी रोम सँगै आएको छ । यसले १ TB सम्मको SDकार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोन www.oppo.com/np मा मूल्य रु २५९९९. मा खरिदका लागि उपलब्ध छ ।

 

ओप्पोको बारेमा
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ माआफ्नो पहिलो मोबाइलफोन – “स्माइली फेस” लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयको लागिबजारमाविभिन्न स्मार्ट उपकरणहरु ल्याईरहेका छन् । आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलर ओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो+ जस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरका ग्राहकहरूको लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।