२०८१ बैशाख १४ , शुक्रवार

एमालेले काठमाडौंमा महँगीविरुद्ध आज विशाल प्रदर्शन गर्दै

 

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (साेमबार) विशाल प्रदर्शन गर्ने भएकाे छ ।

 

महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ । साेमबार दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा महँगीविरुद्ध प्रदर्शन र सभा आयोजना हुने भएकाे छ । सभाअघि विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्ने भएकाे छ ।

 

साेही जुलुसमा काठमाडौं उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू र सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।