२०८१ बैशाख १४ , शुक्रवार

सेलपे एनीभर्सरी अफर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।

 

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा KYC Verify गरी Bank Link गर्नुहोस र रु. २०० वालेट ब्यालेन्स पाउनुहोस तुरुन्तै! साथै Samsung Galaxy A52 जित्ने मौका पाउनुहोस्! यो योजना प्रथम ३३३ ग्राहकहरुलाई लागु हुनेछ्र । यो योजना यही श्रावन १५ गतेको लागि लागु हुने छ । ग्राहकहरुले CellPay Kart मा २०% छुट अधिकतम रु.१००० सम्म पाउनसक्नेछन् । साथै पहिलो पटक Fund Transfer गर्दा रु. २०० बराबरको ] shopping voucher पाउन सक्नेछन् ।

 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

 बास्तविक समयमा भुक्तानी
 सरल र सुरक्षित
 बैंक खाताका साथै Wallet बाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।

 

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै Wallet Load बाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् ।