२०८१ बैशाख १४ , शुक्रवार

एसिड आक्रमणमा परेकाहरुलाई निःशुल्क उपचार गर्ने चार अस्पतालहरु

सुनाखरी न्युज/ काठमाडौं: काठमाडौं–सरकारले एसिड आक्रमणमा परेका पीडितहरुले निःशुल्क उपचार गर्न पाउने भएका छन्। सरकारले एसिड आक्रमणमा परेका पीडितहरुका निःशुल्क उपचार गर्न राजधानीका ४ अस्पताल तोकेको छ।

 

मन्त्रिपरिषद्बाट निर्णय भएबमोजिम एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्नेछन्।

 

आकस्मिक उपचारपश्चात थप उपचार गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट निःशुल्क सेवा लिन सक्ने जनाइएको छ।