२०८१ बैशाख १५ , शनिवार

लागुऔषध र नियन्त्रित औषधी सहित २ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ। मोरङ रतुवामाई नगरपालिका ४ भद्रचोक स्थितबाट लागुऔषध र नियन्त्रित औषधी सहित २ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ७ का एक जना बालक र सोही स्थानका १९ बर्षीय अभिषेक ओली रहेका छन् । हिजो दिउसो प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोभेट 10 लेखिएको ३० ट्याबलेट, कोरेक्स १ बोतल, ट्रमाडोल हाईड्रोक्लोराईड ६६० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

 

पक्राउ परेका दुवैजानलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।