२०८१ बैशाख १५ , शनिवार

शुक्ला साहित्य प्रतिष्ठानको ३५ औं साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

संजय थापा / पोखरा । साहित्यको उर्बर भुमि पोखरा वडा नम्बर १६ मा अवस्थित शुक्ला साहित्य प्रतिष्ठानको ३५ औं साधारण सभा तथा १२ औं अधिवेशन कार्यक्रम सम्पन्न भएको छ।

 

सुमनराज पौडेलको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा विकास मंत्री कुमार खड्का रहनु भएको थियो । उहाँले साहित्य क्षेत्र अहिले लोपोन्मुख हुँदै गएको अबस्थामा शुक्लाले महत्त्वपूर्ण भुमिका खेल्दै साहित्यलाई जगेर्ना गरेकोमा खुसी ब्यक्त गर्नु भयो । त्यस्तै विशेष अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष अंमृत तिमिल्सिना शर्मा र वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे रहनु भएको थियो । शुभकामना मन्तब्य प्रतिष्ठानका दितिय उपाध्यक्षमा दुर्गा बस्नेतले राख्नु भएको थियो ।

 

सचिव गिता भन्डारीले आफ्नो प्रतीवेदन पेश गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष दिपेन्द्र बानियाँले पनि आफ्नो प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रमलाई रमाईलो बातावरण सृजना गर्दै शुक्ला साहित्य भजन समितिले शिब पार्बतीको स्वरूप बनाई भजन प्रस्तुत गरेको थियो । यसै अबसरमा शुक्लाले “सेतीको लहर अंक ८, “पुस्तक बिमोचन गरेको शुक्लाका अध्यक्ष सुमनराज पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा आजीवन सदस्य लगाएत विभिन्न संघ संस्थाका ब्यक्तिहरूको उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन प्रतिष्ठानका सचिव गिता भन्डारीले संचालन गर्नु भएको थियो ।

 

त्यस्तै दोस्रो चरणमा कुल बहादुर खत्री र चित्र बहादुर थापाको संयोजकका नयाँ कार्य समिति चयन गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानको अध्यक्षमा हरि बहादुर बरूवाल, प्रथम उपाअध्यक्षमा दुर्गा बस्नेत,दितिय उपाध्यक्षमा गिता भन्डारी,कोषाध्यक्षमा कमला शर्मा,सचिव दिपेन्द्र बानियाँ,सह सचिव संजय थापा र सदस्यहरू लक्ष्मी देवकोटा, हरि बहादुर थापा, मोहन सुनार, शकुन्तला के.सी र रूपा के .सी रहनु भएको छ ।