२०७९ श्रावण २७ , शुक्रवार

उपवास किन बस्ने ?

Capture

सुनाखरी न्युज/ काठमाडौं-उपवास अवस्थामा भने व्यक्तिमा कुनै तनाव नभई आफू स्वस्थ हुन लागेको सम्झी मानसिक रुपमा प्रफुल्ल हुन्छ । र, शरीरभित्र संकलित मल विभिन्न विधि अपनाई बाहिर फ्याँकिन्छ, जसले गर्दा शारीरिक तथा मानसिक स्फूर्ति प्राप्त हुन्छ ।

उपवास बस्नु भनेको स्व–इच्छाले केही नखाएर वा पानी मात्र पिएर पाचन प्रणालीलाई आराम दिने प्रक्रिया वा शरीर शुद्ध पार्ने प्रक्रिया हो । उपवास बसेको बेला शरीर खाना पचाउने कामबाट मुक्त हुन्छ र शरीरलाई यही मौका छोपेर शुद्ध गर्नतर्फ लाग्छ ।उपवास बस्दा एक घण्टामा एक गिलासका दरले पानी पिउने, सादा पानीमा मात्र बस्न नसके कागती, मह, अमला पानी वा सुन्तलाको रस पिएर बस्नु ठिक हुन्छ । त्यसमा पनि बस्न नसके फलफूल खाएर बस्ने तर उपवास हप्ताको एकदिन बस्ने, सक्दै नसके कम्तीमा १५ दिनमा एकपटक बस्दा राम्रो हुन्छ । उपवासले शरीर शुद्ध बनाउँछ, पाचन अंगलाई आराम दिन्छ, तौल घटाउन मद्दत गर्छ । साथै, असामान्य जैविक क्रियालाई पुनः सामान्य र ताजगी बनाउँछ र रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।

पेट अन्नले भरिएको समयमा रक्तसञ्चार अत्यधिक रुपमा पेटतर्फ नै हुने र शरीरका अरु भागलाई रक्तसञ्चारले त्यति प्राथमिकता नदिने भएकोले मस्तिष्कलगायत शरीरका सबै अंगमा ऊर्जा कम हुन्छ । उता उपवासको समयमा रगतमा चिनीको मात्रा कम हुन्छ वा सन्तुलित हुन्छ । पेटको अनावश्यक भार कम हुँदा रक्तसञ्चार शरीरका सबै अंगमा हुन पुग्छ र शरीर शुद्ध हुन्छ । उपवासका समयमा सात्विक आहारको प्रयोग हुँदा मन पनि सात्विक हुन्छ । यसका साथै मानसिक दुर्बलता, डिप्रेशन, चिन्ता आदि जस्ता रोग पनि उपवासबाट साम्य हुन्छन् । र, व्यक्तिमा नवीनता, स्फूर्ति तथा आनन्दको अनुभूति हुन थाल्छ ।

वास्तवमा हामीले खाना खाएको केही घण्टादेखि पाचन भएर खानाबाट पौष्टिक तत्व अवशोषण भई रगतमा जान्छ । यस अवस्थामा रगतमा सुगरको तह उच्च हुन्छ र ईन्सुलिनको उत्पादन अधिकतम हुन्छ । यसले रगतमा भएको सुगरलाई कोषसम्म पु¥याउने काम गर्छ । बाँकी बढी भएको सुगर कलेजो र मांसपेशीमा ग्लाइकोजिनको रुपमा सञ्चित हुन्छ । शरीरलाई सुगर आवश्यक भएको बेला ग्लाइकोजिनबाट सुगर बनेर आपूर्ति हुन्छ । यसरी खाना खाएको ३÷४ घण्टाको वरपरसम्म प्रारम्भिक उपवासको चरण आउँछ र यो लगभग खाना खाएपछिको १८ घण्टासम्म जारी रहन्छ । यस १८ घण्टासम्मको चरणमा रगतमा सुगर र ईन्सुलिनको तह घट्न थाल्छ । किनकि शरीरले ग्लाइकोजिनलाई ग्लुकोजमा परिणत गरी शक्तिको लागि प्रयोगमा ल्याउँछ । यो चरणको अन्ततिर कलेजोमा सञ्चित रहेको ग्लाइकोजिनको भण्डार बिस्तारै कम हुन थाल्छ र शरीरले शक्तिको अर्को स्रोतको खोजी गर्न थाल्छ । अनि विशेष प्रक्रियाबाट चिल्लोका कोषहरुबाट ट्राइग्लिसराईड ससाना अणुमा टुक्रिन थाल्छ र शक्तिको वैकल्पिक स्रोतका रुपमा प्रयोग हुन थाल्छ ।

यसका साथै शरीरले प्रोटिनलाई एमिनो एसिडमा परिणत गरी शक्तिको लागि प्रयोग गर्छ । यो प्रक्रिया सबैभन्दा बढी अनियमित उपवास वा १६÷८ विधि अर्थात् १६ घण्टा केही नखाने र ८ घण्टा मात्र खाने विधिमा हुन्छ । यस विधिबाट शरीरमा सञ्चित क्यालोरीसमेत खपत भई शारीरिक स्फूर्ति आउने र मोटोपन कम हुने प्रक्रिया सुरु हुन्छ ।

उपवास बस्ने विभिन्न विधि छन् । तीमध्ये आफूलाई जुन विधि सहज हुन्छ, त्यो विधि अपनाएर उपवास बस्ने प्रचलनलाई निरन्तरता दिनु जरुरी छ । अहिले पनि केही व्यक्ति धार्मिक आस्थाका कारण एकादशी, पूर्णिमा, विशेष चाडपर्व वा कुनै बारमा उपवास बस्ने गर्ने गरेको देखिन्छ । जे जसरी उपवास बसे पनि त्यो व्यवहारले शरीरलाई फाईदा पुर्याएकै देखिन्छ । उपवासका विभिन्न तरिकामध्ये अनियमित उपवास भन्नाले ‘वान मिल अ डे’ अर्थात् दिनमा एकपटक मात्र खानु भन्ने बुझिन्छ । यो तौल घटाउने सबैभन्दा राम्रो उपाय हो । दिनमा धेरैपटक खानु, दिनभर खानु, प्रत्येक दिन खाइरहनुभन्दा उपवास बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । अनियमित खालको उपवासले शरीरमा जैविक रसायनबीच समन्वय कायम भई मानसिक, संवेगात्मक र शारीरिक फाईदा पाउन सकिन्छ । उपवाससँगै दिनमा एकपटक वा दुईपटक ध्यानमा बस्न सकेमा थप फाइदा हुन्छ । यसरी आफूले खाना खाने ढाँचाको साईकलमा खाना खाने र उपवास गर्नेबीचको समयावधिलाई नै वास्तवमा अनियमित उपवास भनिन्छ । यो खालको उपवास बस्ने प्रचलन परम्पराकालदेखि नै चल्दै आएको देखिन्छ र हाल उपवास बस्नेहरुले पनि यो तरिका अपनाउने गरेको पाईन्छ, जुन सबैभन्दा राम्रो हुन्छ ।

कतिपय अवस्थामा उपवास चिकित्सा विधि पनि अम्लपित्तलगायत अन्य विभिन्न रोगको लागि उपयुक्त हुन सक्छ । उपवास विधिले पित्त दोषबाट उत्पन्न हुने समस्या, आन्द्रासम्बन्धी समस्या, छालाको समस्या, जोर्नी दुखाई, बाथ रोग, दम, कब्जियत, मधुमेह तथा ज्वरोमा पनि फाइदा गर्छ । तर यसको लागि चिकित्सकको परामर्श लिई उपवासका नियमहरु अपनाई गर्न सकिन्छ । अन्यथा झन् खराब अवस्था उत्पन्न हुने सम्भावना पनि रहन्छ । विभिन्न रोगबाट बच्न र बुढ्यौलीमा समेत स्वस्थ रहन उपवास बस्नु फाइदाजनक हुने विभिन्न अध्ययनहरुको निष्कर्ष रहेको छ ।

उपवास बस्नुका अन्य फाईदाहरु:

– उपवास बस्नाले ‘फुड एडिक्सन’ अर्थात् खाना खाने आदत तोडिन्छ अथवा बढी खाना खाइरहँदा हुने असजिलोपन हट्छ ।

– खाना खाइरहँदा हुने बढी तौल घटाउन मद्धत पुग्छ ।

– उपवास बस्नाले हुन सक्ने सम्भावित स्वास्थ्य समस्या जस्तै आमाशयको (हायटल) हर्निया, अम्लपित्त, भोजननलीको सुजनलगायत पाचन प्रणालीका समस्या समाधान हुन्छन् ।

– अनियमित उपवासले मधुमेह, उच्च रक्तचाप, गम्भीर खालका छालाका रोग, शारीरिक तथा मानसिक रोगसमेत समाधान हुन्छन् ।

– शरीरको शुद्धिकरण हुने हुँदा शरीर फूर्तिलो हुन्छ र कुनै विकृति देखा पर्दैन ।

– डिप्रेसनजस्तो समस्या पनि उपवास बस्नाले समाधान हुन सक्छ । किनकि उपवासले नरइपिनेफ्रिन हर्मोन बढ्ने र मुड ताजा हुने भएकोले थप ऊर्जा प्राप्त हुन्छ ।

उपवास अवस्थामा भने व्यक्तिमा कुनै तनाव नभई आफू स्वस्थ हुन लागेको सम्झी मानसिक रुपमा प्रफुल्ल हुन्छ । र, शरीरभित्र संकलित मल विभिन्न विधि अपनाई बाहिर फ्याँकिन्छ, जसले गर्दा शारीरिक तथा मानसिक स्फूर्ति प्राप्त हुन्छ ।