२०८१ बैशाख १४ , शुक्रवार

भारत लैजान लागेको मदिरा बरामद

सुनाखरी न्युज/ काठमाडौं- महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो। छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो।

 

बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ। उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ।