२०८१ बैशाख १५ , शनिवार

सुनचाँदीको मुल्यमा वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोला आठसय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारेबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय २० रुपैयाँ कायम भएको छ ।