२०८१ बैशाख १४ , शुक्रवार

नेपाल बैंकले ल्यायो मुद्दती खाता योजना

सुनाखरी न्युज/ काठमाडौं- नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ।यो मुद्दती खातामा व्यक्तिले लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने र संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जानकारी दिएको छ।

 

त्यसैगरी, रेमिटेन्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुने बैंकले जनाएको छ।  यो मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरू पनि प्राप्त गर्नेछन्। नेपालभरका सम्पूर्ण शाखाहरूमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ।

 

हाल बैंकले नेपालभर रहेको आफ्नो २१९ शाखा, १८३ एटिएम र ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ।