२०८१ बैशाख १४ , शुक्रवार

एकैदिन ७१० जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार २५ वटा नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ ।

 

योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।