२०८१ बैशाख १४ , शुक्रवार

सुनजस्तो पहेँलो धातुसहित विमानस्थल बाट एक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।बुधबार बिहान एक किलो ६१० ग्राम सुन जस्तो देखिने अर्धठोस वस्तुसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

 

४२ वर्षीय यूसुफ हारोनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गरेको थियो। त्यस क्रममा भिस्त्री वस्त्रमा प्लाष्टिकभित्र लुकाएर सुनजस्तो पहेँलो वस्तु ल्याएको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

उनीमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ।