२०८१ बैशाख १४ , शुक्रवार

पाेखराकाे दिपमा विद्यालय स्तरीय फुटसल प्रतियाेगिता हुने

शिशिर पौडेल/ पोखरा । दस जोड दुई अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरि पोखराको दिपमा फुटसल प्रतियोगिता हुने भएको छ ।

 

पोखरा १६ दिपमा रहेको द मण्डेला युवा क्लवले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भाद्र ३ र ४ गते चिन फुटसल दिपमा दस जोड दुई स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष नवीन तामाङले जानकारी दिए । फुटसल खेलको विकास र नयाँ प्रतिभालाई प्रोत्सााहन गर्ने उद्श्य रहेका क्लबले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल १ लाख ५० हजार लाग्ने र उक्त रकम विभिन्न सहयोगी संस्था तथा दातावाट संकलन गरिने कोषाध्यक्ष अजित नेपालीले वताए ।

प्रतियोगितामा विजेताले नगद ४० हजार, टर्फी , मेडल र उप विजेताले नगद २० हजार ट्फी मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रचार प्रसार तथा टिम दर्ताको लागि विभिन्न विद्यालयसँग समन्वय भई रहेको सचिव मिलन खवासले जानकारी दिए । क्लबले आफ्नो पहिलो कार्यक्रम भएको र यसको आयोजना पछि अन्य विद्यार्थी केन्द्रीत कार्यक्रमलाई थप निरन्तरता दिईने वताईएको छ ।