२०७९ भदौ १ , बुधवार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सुनाखरी न्युज/ काठमाडौं- रुपन्देहीको कञ्चनमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । कञ्चन गाउँपालिका वार्ड नम्बर १ हात्ती बजारकी ३१ वर्षीय सावित्री थापा छेत्रीको हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान् यमबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

 

सावित्री आज बिहान घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शरीर र हातमा नीलडाम देखिएको र टाउको चोट समेत रहेकोले हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान्लाई नियन्त्रणमा लिएको हो । सावित्रीको शव पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।

 

श्रीमान् ३५ वर्षीय यमबहादुरले नियमित रूपमा मदिरा सेवन गर्ने भएकाले पारिवारिक झगडामा घटना भएको हुन सक्ने अनुमान गरिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।