२०८१ बैशाख १४ , शुक्रवार

भुवन अध्यक्ष पदमा नियुक्त हुँदा पोष्ट गरे यस्तो स्टाटस

 

सुनाखरी न्युज / काठमाडौं  – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष तथा अभिनेता भुवन केसीले‘अध्यक्ष पदमा नियुक्त हुँदा निकै रमाइलो र खुसी लागिरहेको स्टाटसमा लेखेका छन । आफुलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद तथा अध्यक्ष बनेपछि बधाई दिने सबैप्रति उनले आभार समेत ब्यक्ति गरेका छन ।

 

मन्त्रालयले भुवनसँगै अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीलाई छनोट गरेको थियो ।गत वैशाखमा केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोली नेपाली कांग्रेस प्रवेश गरेका छन्। केसीले उद्योगलाई नयाँ उचाइमा पुर्याउने समय आएको छ । यसलाई मैले गौरवपूर्ण चुनौतीको रुपमा लिएको छु ।’

 

 

भुवन केसीले आफ्नो पोष्टमा लेखेका छन –

मलाई शुभकामना व्यक्त गर्ने मेरो परिवार, देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तक, वरिष्ठ चलचित्रकर्मी, समकालीन चलचित्रकर्मी, पेशागत संघ–संस्था तथा पदाधिकारी र मलाई यो यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ दिने यहाँहरु सबैलाई हृदयदेखि नै आभार प्रकट गर्दछु । साथै यो जिम्मेवारीका लागि योग्य सम्झने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्रिपरिषद् तथा नेपाल सरकारप्रति पनि आभार प्रकट गर्दछु ।

आजभन्दा झण्डै चार दशक अघि मैले जानी नजानी कलाकारिता क्षेत्रमा पाइला राखेको थिएँ । त्यो समय कलाकारिता गर्न र फिल्म बनाउनु सजिलो काम थिएन ।तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर इन्डष्ट्रीलाई नयाँ उचाइमा पुर्याउने समय आएको छ र त्यो समयको नेतृत्वको बागडोर मेरो हातमा आइपरेको छ । यसलाई मैले गौरवपूर्ण चुनौतीको रुपमा लिएको छु ।