२०८१ बैशाख १४ , शुक्रवार

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं -झापाको बुद्धशान्तिमा घर नजिकैको कुलोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–६ मा रहेको कुलोमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बुद्धशान्ति–४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावोको डुबेर मृत्यु भएको हो।

 

मृतक बालकको शव पोष्टमर्टमको लागि मेची अस्पताल पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।