२०७९ श्रावण २९ , आइतवार

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

Capture

सुनाखरी न्युज/ काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले इलाम जिल्ला, सूर्यादयन गरपालिका, वडा नं १०,फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गर्नुभयो ।

 

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंककाप्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थितिरहेको थियो । अब त्यस क्षेत्रका सेवा ग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलै संग गर्न सक्नेछन ।

 

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित१३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्त सम्मरु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।