२०८१ बैशाख १४ , शुक्रवार

अण्डा र दुध सँगसँगै खान मिल्छ कि मिल्दैन ?

सुनाखरी न्युज /दैनिक अण्डा खाँदा तपाईंलाई शारीरिक तवरले स्वस्थ मात्र राख्दैन, यो तपाईंको छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । तर अण्डा र दुध सँगसँगै खान हुन्छ कि हुँदैन भनेर धेरैजना अन्यौलमा हुन्छन् किनभने अण्डा खाएपछि दुध पिउनेबारे विभिन्न धारणा छन् ।

 

धेरैले दुध र अण्डा सँगै खानु निकै फाइदाजनक हुन्छ भन्ने गर्छन्, यस्तै केही मानिसहरु दुधसँग अण्डा खाँदा स्वास्थ्यलाई हानी हुन्छसमेत भन्ने गर्छन । अण्डा खाएपछि दुध पिउने कि नपिउने न्युट्रिसनिष्ट तथा डायटिसियन अनुसार अण्डा र दुध दुबै पोषक तत्वले भरिपूर्ण खानेकुरा हुन अण्डा खाइसकेपछि दुध पिउँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । बरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता, हड्डी, जोर्नी, मांसपेशी बलियो बनाउनुका साथै, तौल व्यवस्थापनमा पनि यो निकै उपयोगी हुन्छ ।

 

त्यसैले धेरैजसो हेल्थ एण्ड फिटनेस एक्सपर्टले अण्डा र दुध खान सल्लाह दिन्छन् ।यदि तपाईंले काँचो अण्डामा दुधमा मिसाएर खाँदै हुनुहुन्छ भने त्यसले केही समस्या निम्त्याउन सक्छन । जस्तै, पेट फुल्ने, बेचैनी, पेट दुख्ने, वान्ता हुने र पखाला लाग्ने जस्ता समस्याहरू देखापर्छन् । तर दुधसँग पकाएको अण्डा खानु पूर्णतया सुरक्षित छ । तर, यदि कुनै व्यक्तिलाई दुई खानेकुराबाट एलर्जी छ भने, यो संयोजन हानिकारक पनि हुन सक्छ । उमालेको वा पकाएको अण्डा खाएपछि दुध खान सकिन्छ ।