२०८१ बैशाख १४ , शुक्रवार

राष्ट्रपतिद्वारा भारतसहित पाँच देशका लागि राजदूत नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । मंगलबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै स्पेन, डेनमार्क, रुस, भारत र भुटानका लागि राजदूत नियुक्त गरेको जानकारी गराएको हो ।

 

मन्त्रिपरिषद्को सिफारिसमा स्पेनका लागि डा. शर्मिला पराजुली, डेनमार्ककका लागि प्रा.डा. रामस्वार्थ रायलाई आवासीय राजदूत नियुक्त गरिएको छ ।

 

यस्तै, रुसी महासंघको लागि मिलनराज तुलाधरलाई आवासीय राजदूत र भारतका लागि शंकरप्रसाद शर्मालाई आवासीय राजदूत नियुक्त गरिएको छ ।साथै भारतका लागि आवासीय राजदूत शर्मालाई नै भुटानको लागि गैरआवसीय राजदूतको जिम्मेवारी दिइएको छ ।