२०८१ बैशाख १४ , शुक्रवार

झापामा दुई किशोरी बलात्कृत, दुईजना पक्राउ

सुनाखरी न्युज/ झापा । झापामा दुईजना किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

 

पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो यस्तै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।