२०८१ बैशाख १५ , शनिवार

अवैध लागूऔषध खैरो हेरोईन सहित पक्राउ

सुनाखरी न्युज/ झापा,  मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट ३ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाम सन्दकपुर गाउँपालिका-२ बस्ने २७ वर्षीय रविन गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।