२०८१ बैशाख १५ , शनिवार

नेलम्बो नेपालको दन्त शिविर नवीन मा.वि. मा

सुनाखरी न्युज/ पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले गैह्रापाटनमा रहेको नवीन माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई मध्य नजर राखी दन्त शिविर सञ्चालन गरेको हो ।

 

२ दिन सम्म सञ्चालीत शिविरमा शिक्षक र विद्यार्थीहरु गरि ३१५ को परीक्षण गरिएको छ । परीक्षण पश्चात् उपचार पुनः श्रावण १५ गते देखि सुरु गर्ने तयारी गरेको नेलम्बो नेपालले जनाएको छ । उपचारमा सौन्दर्य सँग सम्बन्धीत उपचार वाहेक अन्य सवै प्रकार उपचारहरु दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँतको एक्सरे, गिजाँको उपचार, दाँत सफा गर्ने जस्ता सवै प्रकृतिका उपचारहरु निःशुल्क रुपमा उपलब्ध हुने छन् । उक्त कार्यक्रममा नेलम्बो नेपालले मुख स्वास्थ्यको वारेमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरेको छ ।

 

उक्त सामाजिक कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. ४ का अध्यक्ष देव कृष्ण पराजुलीले नेलम्बो नेपालले आफ्नो कार्ययालय रहेको वडा नवीन मा.वि मा आएर मुख स्वास्थ्य जस्तो संवेदनशिल र महँगो उपचार प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । साथै आगामी दिनहरुमा पनि वडा कार्यालय नेलम्बो नेपालसँग सहकार्य गरी सामाजिक कामहरु गर्न तयार रहेको बताउनु भयो । त्यसै गरि विशेष अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले सहकार्य र सक्रियता रहेको ठाउँमा नेलम्बो नेपाल सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले संस्था शिक्षा, स्वास्थ्य, वातावरण र अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको र भविष्यमा कार्यक्रमसँग सम्बन्धति कार्यहरु मेल खान गएमा सहयोग गर्ने पनि जनाउनु भयो ।

 

त्यसैगरी धन्यवाद मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यपक शिरोमणी लामिछानेले नेलम्बो नेपालले यस भन्दा अगाडी पनि विद्यालयमा सहयोग गरेको र यो अत्यन्तै प्रभावकारी कार्यक्रम सञ्चालनमा आफ्नो विद्यालयलाई छनोट गरेको प्रति आभार व्यक्त गर्नु भयो । उक्त शिविरमा डेण्टल सर्जन डा. सिजन मसार्नी डेण्टल हाइजेनिष्ट करुणा गर्बुजा, कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, टेक्निकल सुपरभाइजर रुपेश गुरुङ्ग, फिलण्ड एडमिन सहायक नम्रता ढुङ्गाना र सवारी चालक मुक्त बहादुर माल सहितको टिम शिविरमा खटिएको थियो ।

उक्त कार्यक्रमको लागि शिक्षक नारायण श्रेष्ठले कागजी कामकाजको समन्वय गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र निधि कोइरालाको सभापतित्वमा सञ्चालित कार्यक्रम विद्यालयका शिक्षक दिपक पौडेलले सञ्चालन गर्नु भएको थियो ।