२०८१ बैशाख १४ , शुक्रवार

नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा प्रशिक्षक र साथी पक्राउ

सुनाखरी न्युज / काठमाडौ । १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् । छात्राको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपीका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् ।

 

विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले भने, “थुनामा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।”

 

सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक–पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ ।