२०८१ बैशाख १४ , शुक्रवार

भारतकी १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुको सपथ

सुनाखरी न्युज/ काठमाडौं । आदिवासी जनजाति समुदायकी राजनीतिज्ञ द्रौपदी मुर्मुले भारतको नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनुभएको छ ।

 

उडिसा राज्यकी ६४ बर्षीया पूर्व शिक्षिका मुर्मु यसअघि झारखण्ड राज्यको राज्यपाल भैसक्नुभएको छ । भारतीय जनता पार्टीबाट नाम अगाडि सारिएकी मुर्मुले विपक्षी दलहरुका तर्फबाट उम्मेदवार बन्नुभएका यशवन्त सिन्हालाई निर्वाचनमा पराजित गर्नुभएको थियो ।

 

मुर्मुलाई संघीय संसद भवनमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश एनभी रमणले १५ औं राष्ट्रपतिका रुपमा शपथ गराउनुभएको थियो ।