२०७९ श्रावण २२ , आइतवार

राष्ट्र बैंकले आज १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले २८ दिन अवधिको२ अर्ब रुपैयाँ र ९१ दिन अवधिको १३ अर्ब ६० करोड गरी कूल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी भदौ ७ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी कात्तिक ८ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ करोड रुपैयाँ, १८२ दिन अवधिको छ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० १० करोड गरी कूल २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार )आज) दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।