२०८१ बैशाख १४ , शुक्रवार

“ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारी साधनहरूलाई कारबाही”

सुनाखरी न्युज/ काठमाडौं । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ ।

 

मिति २०७९।०४।०४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र PABSON, NPABSON, HISSAN तथा अभिभावक संघ बिच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । सोही अनुरूप आज मिति २०७९।०४।०८ गते विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको थियो ।

 

यसरी ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कूलबसहरुलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको छ । आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने छ ।