२०७९ श्रावण २९ , आइतवार

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको आर्थिक बर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी समिक्षा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतले आर्थिक बर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी समिक्षा गरेको छ ।

 

विश्लेषण, गरिएका प्रयासहरु र भावी योजनाहरु

 पृष्ठभुमि

 नेपालमा हरेक वर्ष सवारी साधनहरुको आयतसँगै सवारी दुर्घटनाको सख्या बृद्धि भईरहेको विभिन्न तथ्यांकहरुले देखाउँछ । सवारी साधनको बृद्धिसँगै सवारी व्यवस्थापन कार्यमा चुनौतीहरु पनि  बढ्दै गईरहेको वर्तमान सन्दर्भमा बढ्दो सवारी साधनको संख्या, सवारी साधन माथि आम नागरीकको निर्भरता, सडक प्रयोगकर्ताको बृद्धि लगायतका कारणले व्यक्तिको जनधनको क्षति व्यहोर्नुपरेको छ र हाम्रा सडकहरु झन जोखिमयुक्त हुन पुगेका छन् । बढ्दो शहरीकरण, ट्राफिक व्यवस्थापनका वैज्ञानिक उपकरणको अभाव, सडक प्रयोगकर्ताहरुमा ट्राफिक ज्ञानको कमी , यातायात साधनहरुको अत्याधिक वृध्दिका कारण दिनानुदिन बढ्दै गई रहेको सवारी दुर्घटना (Road Crashes) लाई न्युनिकरण गर्न अत्यावश्यक भएको छ।

 

यसै सन्दर्भमा कर्णाली प्रदेशमा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन उपलब्ध श्रोत साधनहरुको उच्चतम प्रयोग गरी उपलब्ध जनशक्तिलाई परिचालन गरी ट्राफिक व्यवस्थापन गरिंदै आईरहेको छ । वर्तमान अवस्थामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त, भरपर्दो, विश्वसनीय एवं सुरक्षित बनाउन प्रविधियुक्त साधनको प्रयोग बढाउन पनि अपरिहार्य रहेको देखिन्छ । सर्व साधारणको जनधनको सुरक्षा, सहज यात्रा, दुर्घटना न्युनिकरण, अपराध रोकथाम गर्नका लागि विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य एवं समन्वय गरी सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई सुदृढ गर्दै लानुपर्ने भएको हुँदा यस प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिन्छ।

 

संयुक्त राष्ट्रसंघको Road Safety Decade of Action, 2021-30 मा रहेका 50 by 30 र Vision Zero लगायतका कुराहरुलाई समेटेर तयार हुन लागेको नेपालको Road Safety Action Plan 2021-30 समेतसँग सामञ्जस्य हुनेगरी यस प्रदेशको लागि पनि आगामी १० बर्षको कार्ययोजनाको लागि सडक सुरक्षा प्रदेश सम्मेलन, सोही अनुरुप दशै जिल्लामा जिल्लाको सडक सुरक्षा कार्ययोजना र ७९ वटै पालिकाहरुमा पालिका कार्ययोजना तयार पारी  Holistic Approach र Whole of Community Approach मा जानुपर्ने यस प्रदेशको अबको रणनीति हुनुपर्दछ ।

 

ख. कर्णाली प्रदेशको त्रिवर्षिय सवारी दुर्घटना तथ्यांक तथा विश्लेषण

  • कर्णाली प्रदेशको त्रि-वर्षिय सवारी दुर्घटना भएको संख्या
आ.ब. त्रि-वर्षिय जम्मा सवारी दुर्घटना संख्या कै.
०७६/०७७ २३६ COVID-19 को असर
०७७/०७८ २९१
०७८/०७९ ४०२
जम्मा ९२९

 

 

आ.ब. ०७६/०७७, ०७७७/०७८ र ०७८/०७९ मध्ये सबै भन्दा बढी सवारी दुर्घटना ०७८/०७९मा भएको देखिन्छ र सबै भन्दा कम सडक दुर्घटना ०७६/०७७ मा देखिन्छ । % को हिसावले हेर्ने हो भने आ.ब. ०७६/०७७ भन्दा ०७७/०७८मा ५% ले बढेको देखिन्छ र आ.ब. ०७७/०७८ भन्दा ०७८/०७९ मा १२% बढी सवारी दुर्घटना भएको देखिन्छ । यसको मुख्य कारण आ.ब.०७६/०७७मा कोराना भाईरसको कारणले लकडाउन भएको बेला सवारी साधन कम चलेकोले सवारी दुर्घटना कम भएको देखिन्छ ।

 

 

  • त्रिवर्षिय सवारी साधनको संलग्नताको आधारमा सवारी दुर्घटना तथ्यांक:
आ.ब. ट्रक,ट्याकर टिपर बस माईक्रो फोर्स जिपकार ट्रयाकटर टेम्पो मो.सा. सा.स.चल्ने अटो अन्य जम्मा
०७६/०७७ २१ २९ ४८ ३५ ९९ १६ २६३
०७७/०७८ ४० २८ १० ४१ ५० ११८ २९ ३२९
०७८/०७९ ३१ ३२ १७ ७७ ६१ २१० ३८ ४८१
जम्मा ९२ २३ ८९ २९ १६६ १४६ ४२७ ८३ १४ १०८३

 

 

सवारी साधनको संलग्नताको आधारमा विश्लेषण गर्ने हो भने तिन वटै आ.ब.मा सबै भन्दा बढी मोटरसाईकलबाट दुर्घटना भएको देखिन्छ दोस्रोमा जिप कार तेस्रोमा ट्याक्टर र क्रमश: ट्रक ट्यांकर, अटो, बस, माइक्रो-फोर्स, टिप्पर देखिन्छ । मोटरसाइकल अन्य सवारी साधन भन्दा तिव्र गतिमा चल्ने भएकोले बढी दुर्घटना भएको देखिन्छ । मोटरसाईकल चालक आफैमा पनि Vulnerable Road Users (VRU) मा पर्छन ।

  • कर्णाली प्रदेशमा दर्ताको आधारमा सवारी साधनको संख्यात्मक विवरण

 

  • महिनाको आधारमा त्रिवर्षिय दुर्घटना संख्या
महिना आ.ब.०७६/०७७ आ.ब.०७७/०७८ आ.ब.०७८/०७९ जम्मा
श्रावण २१ २१ ४० ८२
भाद्र २५ २३ २४ ६२
असोज ३३ १८ २३ ७४
कार्तिक २० २९ ४१ ९०
मंसिर २१ २३ ४० ८४
पौष ३१ ३१ ३८ १००
माघ १८ २९ ३२ ७९
फाल्गुन १३ ३० ३३ ७६
चैत्र २५ ३६ ६७
वैशाख १७ १३ ३३ ६३
जेठ १२ १६ ३१ ५९
आषाढ १८ ३३ ३१ ८२
जम्मा २३६ २९१ ४०२ ९२९

 

 

महिनाको आधारमा तीन वर्षको सवारी दुर्घटनाको विश्लेषण गर्ने हो भने सबै भन्दा बढी दुर्घटना कार्तिक महिनामा भएको देखिन्छ, तत्पश्चात क्रमश मंसिर, श्रावण, पौष, चैत्र, असोज र सबै भन्दा कम जेठको महिनामा देखिन्छ ।

 

५. कर्णाली प्रदेशको सडक दुर्घटनाको मानवीय तथा चौपाया क्षतिको त्रिवर्षिय विवरण

आ.ब. मानिस चौपाया जम्मा
मानिस मृत्यु गम्भिर घाईते सामान्य घाईते
पुरुष महिला बालक बालिका जम्मा पुरुष महिला बालक बालिका जम्मा पुरुष महिला बालक बालिका जम्मा मृत्यू घाईते
२०७६/०७७ ६६ २३ ९७ ११३ २६ २२ १७९ १८४ ७१ २५ १४ २९३ २३६
२०७७/०७८ ७५ १५ ९८ १२४ २३ १५ १६९ २२० ६७ १९ १० ३१९ २९१
२०७८/०७९ १२७ ३९ ११ १९७ २१८ १०४ २५ १५ ३६२ ३६८ १३८ ५४ २८ ५८८ ३७०
जम्मा २६८ ७७ २५ ३९२ ४५५ १५३ ६२ ३१ ७१० ७७२ २७६ ९८ ५२ १२०० १८ ८९७

 

 

आ.ब. ०७६/०७७, ०७७/०७८ र ०७८/०७९ मा हेर्ने हो भने दुर्घटनामा महिला भन्दा पुरूष तथा बालिकाको भन्दा बालकको सवारी दुर्घटनाबाट बढी मृत्यु भएको देखिन्छ ।

आ.ब. ०७६/०७७, ०७७/०७८ र ०७८/०७९ मा हेर्ने हो भने सबै भन्दा बढी पुरूष त्यस पछि महिला, बालक र  सबभन्दा कम बालिका सवारी दुर्घटनाबाट सख्त घाईते भएको देखिन्छ ।

आ.ब. ०७६/०७७, ०७७/०७८ र ०७८/०७९ मा हेर्ने हो भने सबैभन्दा बढी पुरूष त्यस पछि महिला, बालक र  सबभन्दा कम बालिका सवारी दुर्घटनाबाट साधारण घाईते भएको देखिन्छ ।

 

६. उमेर समूहको आधारले सवारी दुर्घटनामा मानिस मृत्युको भएको त्रिवर्षिय तथ्यांक :

उमेर समूह आ.ब.०७६/०७७ आ.ब.०७७/०७८ आ.ब.०७८/०७९ कै
१६बर्ष भन्दा कम सबै १० १२ २४
१६-२० २८ ४३ ६८
२०-२५ ४३ ५३ ७६
२५-३० ५१ ५८ ५९
३०-३५ ३४ ३१ ४९
३५-४० २१ २८ ५१
४०-४५ ३२ २६ ३९
४५-५० १८ २७ २९
५०-५५ १० १७
५५ भन्दा माथि सबै

 

उमेरको आधारले सवारी दुर्घटनामा मानिसको मृत्युको विश्लेषण गर्ने हो भने आ.ब.०७६/०७७ मा सबैभन्दा बढी २५ देखि ३० बर्ष उमेरको मानिसको मृत्यु भएको देखिन्छ भने सबैभन्दा कम ५५ बर्ष भन्दा माथिको उमेरको मानिसको मृत्यु भएको देखिन्छ । १६-४० बर्ष उमेर समुह बढी जोखिममा रहेको देखिन्छ।

उमेरको आधारले सवारी दुर्घटनामा मानिसको मृत्युको विश्लेषण गर्ने हो भने आ.ब.०७७/०७८ मा सबै भन्दा बढी २५ देखि ३० बर्षको उमेरको मानिसको मृत्यु भएको देखिन्छ भने सबैभन्दा कम ५५ बर्ष भन्दा माथिको उमेरको मानिसको मृत्यु भएको देखिन्छ । १६-५० उमेर समुह जोखिममा रहेको देखिन्छ ।

उमेरको आधारले सवारी दुर्घटनामा मानिसको मृत्युको विश्लेषण गर्ने हो भने आ.ब.०७८/०७९ मा सबै भन्दा बढी २० देखि २५ बर्षको उमेरको मानिसको मृत्यु भएको देखिन्छ भने सबै भन्दा कम ५५ बर्ष भन्दा माथिको उमेरको मानिसको मृत्यु भएको देखिन्छ ।

साथै  आ.ब.०७६/०७७, ०७७/०७८ र ०७८/०७९ को तुलना गर्ने हो भने आ.ब. ०७६/०७७ र ०७७/०७८ मा सबै भन्दा बढी मृत्यु हुनेमा २५ देखि ३० बर्ष उमेर समुह देखिन्छ  र सबै भन्दा कम मृत्यु हुनेमा ५५ वर्ष देखि माथिको उमेरको समुह देखिन्छ र अघिल्ला दुई आर्थिक बर्षमा समान देखिन्छ भने आ.ब. ०७८/०७९ मा २५ देखि ३० वर्षको उमेरको व्यक्तिको मृत्यु बढी भएको देखिन्छ । सबै भन्दा कम मृत्यु हुनेमा भने तीन वटै आ.ब.मा ५५ बर्ष माथिको उमेर समुह देखिन्छ ।

 

 

 

 

 

७. कारणको आधारमा त्रिवर्षिय दुर्घटनाको विश्लेषण:

दुर्घटनाको कारण आ.ब.०७६/०७७ आ.ब.०७७/०७८ आ.ब.०७८/०७९ कै
यान्त्रिक कारण ४९ ६४ ८६
मौसमको कारण १०
सडकको अवस्थाको कारण १२ १८ १७
मादक पदार्थ सेवन ?
लापरवाही १२ १४
तीव्र गति १३२ १५९ २४८
स.च.अ.नभएको
ओभरट्याक ११
मोबाईल फोनको प्रयोग
ट्राफिक नियम उल्लंघन १४ १३ ११
जथाभावी ढोका खोलेको
अन्य
जम्मा २३६ २९१ ४०२

 

दुर्घटनाको कारणको आधारमा विश्लेषण गर्ने हो भने आ.ब. ०७६/०७७ मा सबै भन्दा बढी तीव्र गतिको कारणले दुर्घटना भएको देखिन्छ भने अन्य कारणमा क्रमश: यान्त्रिक, ट्राफिक नियम उल्लंघन, सडकको अवस्था र लापरवाहीको कारणले दुर्घटना भएको देखिन्छ ।

 

 

दुर्घटनाको कारणको आधारमा विश्लेषण गर्ने हो भने आ.ब. ०७८/०७९ मा सबै भन्दा बढी तीव्र गतिको कारणले दुर्घटना भएको देखिन्छ भने क्रमश: यान्त्रिक, सडकको अवस्था  र लापरवाहीको कारणले, ट्राफिक नियम उल्लंघनको कारणले दुर्घटना भएको देखिन्छ । तीन वटै आ.ब.को दुर्घटना कारणको आधारमा विश्लेषण गर्ने हो भने सबै भन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने र दोस्रो कारण यान्त्रिक कारणले दुर्घटना हुने गरेको देखिन्छ ।

 

८. त्रिवर्षिय राजश्व संकलन विवरण:

 

आ.ब.०७६/०७७ आ.ब.०७७/०७८ आ.ब.०७८/०७९ कै.
१७२६४३०० २४४८९००० ३३२६३०००

 

 

 

त्रिवर्षिय राजश्व संकलनको आधारमा विश्लेषण गर्ने हो भने सबै भन्दा बढी राजश्व आ.ब.०७८/०७९ मा संकलन भएको देखिन्छ र सबै भन्दा कम ०७६/०७७ मा देखिन्छ । सवारी साधनको संख्या वृद्धि र प्रहरी सक्रियता यसको कारण देखिन्छ ।

 

 

 

८. त्रिवर्षिय राजश्व संकलन मासिक आधारमा विश्लेषण:

महिना गत आ.ब.०७६/०७७ आ.ब.०७७/०७८ आ.ब.०७८/०७९ कै.
श्रावण १३५६७०० १०६६५०० २०३१५००
भाद्र १८१९९०० ९७८००० २४३९०००
असोज १८४१७०० १९९८००० २६५७०००
कार्तिक १९६३००० २०६०००० ३९०२५००
मंगशिर १९५०५०० २०९५०० ३२४१५००
पौष १६७३००० २५११००० २९२६०००
माघ १९२१००० २८९९००० २४४५०००
फाल्गुण १९८०००० ३००४५०० २६६८०००
चैत्र ७५९५०० ३१४८५०० २६५८०००
वैशाख १५२५०० १५८४५०० २२९८०००
ज्येष्ठ ५५१५०० ७१४५०० २८१००००
अषाढ १२५००० १८९९५०० ३१४६०००
जम्मा १,७२,६४,३००। २,४४,८९,०००। ३,३२,६३,०००।

 

महिनाको आधारमा राजश्व संकलनको विश्लेषण गर्ने हो भने आ.ब.०७६/०७७ मा सबैभन्दा बढी राजश्व फाल्गुन महिनामा संकलन भएको र सबैभन्दा कम अषाढमा संकलन भएको देखिन्छ ।

 

महिनाको आधारमा राजश्व संकलनको विश्लेषण गर्ने हो भने आ.ब.०७७/०७८ मा सबैभन्दा बढी राजश्व कार्तिक महिनामा संकलन भएको र सबैभन्दा कम श्रावणमा संकलन भएको देखिन्छ । यो चेकजाँचको तिव्रता र मौसममा पनि भर पर्छ ।

 

 

महिनाको आधारमा राजश्व संकलनको विश्लेषण गर्ने हो भने आ.ब.०७८/०७९ मा सबैभन्दा बढीराजश्व कार्तिक महिनामा संकलन भएको र सबैभन्दा कम श्रावणमा संकलन भएको देखिन्छ ।

 

९.  राजश्व संकलन जिल्लागतको आधारमा:-

जिल्ला आ.व ०७६/०७७ आ.ब.०७७/०७८ आ.ब.०७८/०७९ कै.
प्रदेश कार्यालय ६९०२३०
सुर्खेत ७१५३३०० ९०२४५०० १२०२८५००
दैलेख १८६४००० २८४१५०० ३८१५५००
जाजरकोट १६७४००० ३९५२००० ३७०१५००
सल्यान ३०६०५०० ४३३१५०० ४२०३०००
पश्चिम रूकुम १२३०५०० १६१०००० २४५००००
हुम्ला ३५०० ५५५००
डोल्पा ७५८५०० ८३८५०० १२३०५००
मुगु ९१५०० १८४००० ३०७०००
जुम्ला ९२४००० १११२५०० २२२२०००
कालीकोट ५०८००० ५९१००० १५५९०००
जम्मा १७२६४३०० २४४८९००० ३३२६३०००

 

 

राजश्व संकलन जिल्लाको आधारमा विश्लेषण गर्ने हो भने आ.ब.०७६/०७७ मा सबै भन्दा बढी सुर्खेत जिल्लाले राजश्व संकलन गरेको देखिन्छ भने सबै भन्दा कम मुगुले राजश्व संकलन गरको देखिन्छ । यस आ.ब. मा हुम्लामा गाडी चल्ने बाटो नभएको कारणले राजश्व नउठेको हो ।

 

राजश्व संकलन जिल्लाको आधारमा विश्लेषण गर्ने हो भने आ.ब.०७७/०७८ मा सबै भन्दा बढी सुर्खेत जिल्लाले राजश्व संकलन गरेको देखिन्छ भने सबै भन्दा कम हुम्लाले राजश्व संकलन गरको  देखिन्छ । हुम्लामा गाडी कम चल्ने सबै ठाउंमा बाटो नभएको कारणले राजश्व नउठेको हो ।

 

 

तीन वटै आ.ब.को राजश्व संकलन जिल्लाको आधारमा विश्लेषण गर्ने हो भने सबै भन्दा बढी सुर्खेत जिल्लामा राजश्व उठेको देखिन्छ भने सबै भन्दा कम हुम्ला जिल्लामा राजश्व उठेको देखिन्छ ।

 

१०. दुर्घटना जिल्लागतको आधारमा:

जिल्ला आ.ब.०७६/०७७ आ.ब.०७७/०७८ आ. व.०७८/०७९ कैफियत
सुर्खेत ८९ ११० १८७
दैलेख ४० ४० ४४
जाजरकोट २१ २६
सल्यान ४९ ४७ ५५
पश्चिम रूकुम १४ २३ ३५
हुम्ला
डोल्पा
मुगु
जुम्ला १३ २३
कालीकोट १८ १८ १७
जम्मा २३६ २९१ ४०३

 

 

सवारी दुर्घटना जिल्लाको आधारमा विश्लेषण गर्ने हो भने आ.ब.०७६/०७७ सबै भन्दा बढी सुर्खेत जिल्लामा र सबै भन्दा कम हुम्लामा सवारी दुर्घटना भएको देखिन्छ ।

 

 

 

सवारी दुर्घटना जिल्लाको आधारमा विश्लेषण गर्ने हो भने आ.ब.०७७/०७८ सबै भन्दा बढी सुर्खेत जिल्लामा र सबै भन्दा कम हुम्लामा सवारी दुर्घटना भएको देखिन्छ ।

 

 

सवारी दुर्घटना जिल्लाको आधारमा विश्लेषण गर्ने हो भने आ.ब.०७८/०७९ सबै भन्दा बढी सुर्खेत जिल्लामा र सबै भन्दा कम हुम्लामा सवारी दुर्घटना भएको देखिन्छ ।

तीन वटै आ.ब.को सवारी दुर्घटना जिल्लाको आधारमा विश्लेषण गर्ने हो भने सबै भन्दा बढी सुर्खेतमा र सबै भन्दा कम हुम्लामा सवारी दुर्घटना भएको देखिन्छ । सुर्खेतमा बढी सवारी साधन चल्ने र हुम्लामा कम सवारी साधन चल्ने भएकोले सुर्खेतमा अन्य जिल्ला भन्दा बढी सवारी दुर्घटना भएको हो । संख्यात्मक हिसाबले सल्यान र दैलेख दोस्रो र तेस्रोमा रहेका छन् ।

११.  आ.ब.०७८/०७९ दुर्घटना बारको आधारमा:

बार दुर्घटना संख्या कैफियत
आइतबार ८६
सोमबार ५६
मंगलबार ४३
वुधबार ३६
विहिबार ३२
शुक्रबार ४३
शनिबार १०७
जम्मा ४०३

 

सवारी दुर्घटना बारको आधारमा विश्लेषण गर्ने हो भने सबै भन्दा बढी शनिबार र सबै भन्दा कम विहीबार सवारी दुर्घटना भएको देखिन्छ । अरु दिन भन्दा शनिबार विदा भएको कारणले बढी सवारी साधन चलेको र मा प से समेत हुने भएकोले उक्त दिन बढी दुर्घटना भएको विश्लेषण गर्न सकिन्छ ।

 

 

  • कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा रहेका चुनौतिहरु

जनशक्तिको व्यवस्थापनः प्रदेशको भूगोल, सडकको अवस्था, बढदै गएको शहरीकरण, जनसंख्या तथा सवारीको चापको  ट्राफिकअनुपातमा क्रमशः प्रहरीको दरबन्दी थप गर्दै जानु पर्ने देखिन्छ ।

स्रोत साधनको उपलब्धता – नीतिगतरूपमा कार्यक्रम बजेट यस कार्यालयमा नहुने तर सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका सम्बन्धमा अनुगमन गर्नु पर्ने र सचेतनात्मक कार्यक्रमहरू संचालन गर्नु पर्दा सामान्य खर्चको लागि पनि अन्य निकायहरूसँग समन्वय गर्नु पर्ने  वा विना बजेट गर्नुपर्ने बाध्यता रहेको छ । साथै  #Smart Traffic Policing को अवधारणा अनुरुप वैज्ञानिक स्रोत साधन उपलब्ध गराउनु पर्ने आवश्यकता छ ।

सडकको अवस्था – #Self Explaining and Forgiving Roads को अवधारणा अनुरुप काम गर्नु अबको आवश्यकता हो । मापदण्ड विना बनाईएका सडकहरू, अत्याधिक साँघुरा घुम्तीहरू, सडकमा सडक सुरक्षा पूर्वाधारहरू  र सडक चिन्हको कमी खाल्डाखुल्डी सडक र पहिरोका कारण बढी दुर्घटना भई ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । आवास क्षेत्रमा VRUs को सुरक्षालाई ध्यानमा राखेर फुटपाथ, साईकल लेन, बस स्टप, झार्ने र चढाउने छुट्टै स्थान सहितका सडक निर्माण गर्नु पर्दछ। पालिकाहरुबाट निर्माण हुने सडकमा सुरक्षा मापदण्ड पुरा नगरी र रुट परमीट प्राप्त नगरी  सवारी चलाउने कारणले पनि Road Crashes बढेका छन् । #Safe to School Safe to Home (S2S-S2H)

सवारी चालकको लापरवाही – अत्याधिक गतिमा सवारी चलाउने, ट्राफिक सचेतनाको अभाव, ओभरटेक गर्ने प्रवृति, लामो रूटमा एउटै चालक हुनु, ओभरलोड गर्ने , सहचालकले सवारी चलाउनु, सवारी चालक बीच अनावश्यक प्रतिस्पर्धा गर्ने भएकोले दुर्घटना हुने गरेको ।  #Love30 #Streets for Life #Save Kids Lives

प्रविधि प्रयोग अभाव- कर्णाली प्रदेशमा Internet Based Computer Networking, Integrated Traffic Management System (CCTV र Traffic Light, Spy Camera आदि), Traffic Surveillance Vehicle, Digital Card Reader लगायतका आधुनिक प्रविधि प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ।

Road Safety Culture and Behaviour: आम सडक प्रयोगकर्तामा शिक्षा, तालिम र Publicity Campaign को माध्यामले सडक सुरक्षा संस्कृति र व्यवहार परिवर्तन ल्याउनु आजको आवश्यकता हो।

अन्य समस्या – सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने, चौपाया छाडा छाडने, शहरी क्षेत्रमा फुटपाथमा पसल तथा निर्माण सामाग्री राख्ने प्रवृतिको कारणले पनि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । अटो नयाँ चुनौतिको रुपमा देखा परेको छ ।

Behaviors, Road Infrastructure Design and Development (Primary and Secondary Safety) and Vehicle Safety Standards (Primary, secondary and tertiary safety) मा प्रमुख रुपमा ध्यान दिनुपर्छ।

 

घ. कर्णाली प्रदेशको सडक सुरक्षा तथा सवारी व्यवस्थापनमा यस आर्थिक बर्षमा यस कार्यालयबाट भएका प्रयासहरुः-

  • सडक डिभिजन कार्यालयसँगको समन्वयमा सडक सचेतनामुलक चिन्हहरु, CAT EYE, CRASH BARREIR, कन्भेक्स मिरर, सडक लेन मार्किङ, जेब्रा क्रसिङ, सुचनामुलक चिन्हहरु, High Mart Light राख्ने कार्यहरु भईरहेको ।
  • कर्णाली प्रदेश अन्तरगतका १० ओटै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धि जिल्ला सम्मेलन सम्पन्न गरी प्रतिवद्दता पत्र एवम् सो सम्वन्धि कार्ययोजना तयार पारी प्रत्येक महिना प्रगती समिक्षा बैठक बस्ने व्यवस्था मिलइएको ।
  • सुरक्षित सडक सुरक्षित कर्णाली, Streets for life, Love30, Impaired Driving Prevention, Road Safety Week, Road Safety School Awareness, Driver, Conductor and Passenger Awareness, Road safety Oratory Competition, Road Safety Quiz Contest, Speak Up, Save Kids Lives लगायतका Road Safety Campaigns संचालन भइरहेका / हुने क्रममा रहेका । Holistic Approach, Whole of Community Action Plans, Moving from Paper Plans to Field Actions को नीति अपनाईएको काम गरिएको छ ।
  • Road Safety सम्बन्धि कर्णाली प्रदेश सम्मेलन र ७९ ओटै पालिकामा पालिका सम्मेलनको लागि प्रतिवद्धता पत्र र कार्ययोजना तयार भइरहेको । Smart Traffic Policing, जग्गा, सवारी साधन प्राप्तिमा जोड दिईएको छ ।
  • भाडादर कायम गर्न र अस्थाइ रुट परमिट प्रदान गर्न समितिहरु गठन भई कार्य भइरहेको ।
  • यस कार्यालयको सक्रियतामा अटो व्यवस्थापनको लागि निर्देशिका तयार पारी पास हुन बाँकी रहेको छ ।
  • नयाँ विस्तारीत सडक संजालहरुमा ट्रफिक प्रहरीको व्यवस्था गरी दुर्घटना न्यूनिकरणको प्रयास गरिएको छ ।
  • ट्राफिक व्यवस्थापनमा वैज्ञानिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी SMART TRAFFIC POLICING को प्रयास गरीएको छ ।
  • कर्णाली प्रदेश जन स्वास्थ्य कार्यालयसंगको सहकार्यमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धि Research गरिएको एवम् सुरक्षा निकाय र स्वास्थ्य कर्मीहरुलाई       Post Trauma Care Training  गराउने योजना रहेको छ । कर्णाली र भेरी करीडोरमा १/१ वटा मोबाईल हस्पीटल राख्नु पर्ने भएकोले सो को लागि पहल भएको छ।
  • राजनीतिक र प्रशासनिक नेतृत्वलाई भेटी सडक सुरक्षा समबन्धी बिषयमा Sensitize गर्ने प्रयास गिएको छ।
  • ट्रफिक प्रहरीका काम कारवाही सम्वन्धि सुझाव सल्लाह र गुनासोहरु सुन्ने संयन्त्र तयार गरिएको र आर्थिक पारदशीता कायम नगर्ने ट्रा.प्र.क माथि निर्मम कारवाही गर्ने रणनीति लिइएको छ।
  • सामाजिक सञ्जालमा उपस्थिति र सचेतना कार्यक्रममा व्यापकता दिईएको छ। #Road Safety School Awareness Program to Educate >125000 Students.
  • गुनासो सुन्ने र मेश समिति गठन गरिएको छ। भाडाको रहेको कार्यालयलाई आफ्नो कार्यालयमा सारी संरनागत सुधार गरिएको छ । कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
  • मा.प.से. एवम् ला.प.से गरी सवारी चलाउने चालकहरुलाई प्रशिक्षणको व्यवस्था मिलाइएको । #Impaired Driving Prevention
  • सबै ट्राफिक प्रहरी इकाई एवम् सवारी साधनहरुमा First Aid Kid राख्नको लागi पहल भइरहेको ।
  • Sungava र Colorful TV  सँगको सहकार्यमा सचेतनामुलक सामाग्रीहरु तयार पारी सामाजिक संजालमा प्रसारण गरिएको
  • दश वटै जिलामा पुगेर सडक सुरक्षा जिल्ला सम्मेलन सम्पन्न गरिएको छ। प्रतिवद्धता पत्रमा हस्ताक्षर र कार्ययोजना तयार पारि प्रत्येक महिना जिल्ला प्रशासन कार्यालयमा समिक्षा बैठक बस्ने व्यवस्था गरिएको छ। जिल्ला प्रदेश र पालिका सम्मेलन आयोजनाको पहल भएको छ । तयारीको रुपमा विज्ञको सहभागितामा प्रतिवद्धता पत्र र कार्ययोजना तयार पारिएको छ ।
  • प्रशिक्षण, तालिम र जनचेतना अभियानहरु, मा प से कक्षा सञ्चालन भइरहेका छन् ।
  • Traffic Law implementation मा जोड दिईएको छ।
  • संस्थागत र संरचनागत सुधारहरु लाई निरन्तरता दिइएको छ।
  • Empowerment, Culture and Behavioral Part मा परिवर्तनका प्रयास भएका छन् ।
  • समन्वय, सहकार्य र सिर्जनात्मक कार्यक्रमहरु सञ्चालनमा जोड दिईएको छ ।
  • सचेतनामुलक सामग्री निर्माण गरी सामाजिक सञ्जालमा उपस्थितिबाट जनचेतना अभिवृद्धि गरिएको छ।
  • सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटो छरितो, पारदर्शी बनाईएको छ भने आवेदकहरुको सुविधालाई ख्याल गरि विभिन्न प्रयासहरु भएका छन् ।
  • संयुक्त संयन्त्रद्वारा मासिक रुपमा सार्वजनिक सवारी साधनहरुको फिल्ड अनुगमनको शूरुवात गरिएको छ। फिल्डमा गरेको कडाईको कारण यातायात व्यवस्था कार्यालयको राजश्व १६ करोडबाट बढेर यो आर्थिक बर्षमा झण्डै २२ करोड पुगेको छ।
  • सबै सडक डिभिजनहरुसँग समन्वय गरी सडकमा सुरक्षाका उपायहरु (Crash Barrier, Convex Mirrors, Cat Eyes) राखि Forgiving Roads र सडक चिन्ह र सुचनाहरु राखि Self Explaining Roads को अवधारणा मा जाने सानो प्रयास भइरहेको छ ।

ङ. उपलब्धीहरू:-

  • ट्राफिकको जरिवानालाई बैंकिङ्ग प्रणालीमा लगिएकोले आर्थिक पारदर्शीता कायम भएको छ ।
  • सवारी अनुमती पत्रको लागि लिईने लिखित तथा प्रयोगात्मक परिक्षालाई मर्यादित , विश्वसनिय , पारदर्शी एवं उत्तरदायि बनाउन परिक्षास्थलमा सि.सि.टि.भी.बाट निग्रानी गर्ने गरिएकोले अनियमितता हुन नपाएको । जुम्लाबाट पनि चालक अनुमति पत्र दिन शुरु गरिएको छ ।
  • समय समयमा प्रहरी कर्मचारीलाई मानव अधिकार तथा प्रहि आचार संहिताको बारेमा आन्तरिक पशिक्षण दिने तथा विभागिय नीति निर्देशनलाई विफ्रिङ्ग गर्ने गरिएकोले कर्मचारीहरु सेवाग्राही प्रति सभ्य र सरल व्यवहार गर्ने गर्न सुझाईएको छ । प्रहरी कर्मचारी विरुद्ध आचरण तथा व्यवहार सम्बन्धि जन गुनासोहरु प्राप्त नभएको खण्डमा छानवीन गरी दोषी पाईएमा कारवाहीको दायरामा ल्याईएको छ ।
  • सेवाग्राहीको कार्यालय संग सम्बन्धित काम मा कुनै हैरानी नहोस भन्ने अभिप्रायले कार्यालय प्रमुख लगायत अन्य जिम्मेबार कर्मचारीहरुसंग सहज पहुजको अवस्था रहेको छ।
  • कार्यालयबाट भएको क्रियाकलापहरुलाई मिडिया तथा संचार माध्यमहरुबाट सार्वजनिक गर्ने पद्धति भएकोले कार्यालयको काममा पारदर्शिता तथा उत्तरदायित्वको अवस्थामा सुधारको प्रयास गरिएको छ ।
  • कर्मचारीहरुले पाउनुपर्ने विभागीय सेवा सुविधा तथा आर्थिक सुविधाहरुमा कुनै भेदभाव विना नियमानुसार वितरणको व्यवस्था मिलाएकोले आर्थिक पारदर्शीता कायम भएको छ ।
  • कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको आफ्नो जग्गा नभएकाले उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको नेपाल सरकारको ०-३-१६.५० क्षेत्रफल भएको जग्गा यस कार्यालय प्रयोजनको लागि निरन्तर उपभोग गर्न दिने निर्णय भएकोमा कार्यालय सारिएको छ ।
  • स्थानीय निकायको सहयोगमा छेडामा अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरीएको छ भने ट्राफिक व्यवस्थापनको लागि सवारी साधन र वैज्ञानिक स्रोत साधन उपलब्ध पनि भएका छन् ।
  • सल्यान कपुरकोटमा ११ वटा CCTV मर्मत गरी प्रयोगमा ल्याईएको छ । बड्डीचौरमा २ कोठे भवन निर्माण भएको छ ।
  • Post Crash Response मा जिल्ला सुरक्षा समित, जनस्वास्थ, अस्पताल, स्थानीय तह सक्रिय हुने सुनिश?चितता गरिएको छ।
  • सडक अवरोध भएमा तुरुन्त खुलाउनको लागि सबै जिल्लामा विपद् प्रतिकार्य योजना र समितिहरु गठन भएका छन्। जिल्ला प्रसाशन कार्यालयको संयोजकत्वमा काम गर्ने गरी समन्वय गरिएको छ।
  • प्रदेशका बढी दुर्घटना हुने स्थानहरूमा दिवा तथा रात्रीकालीन चेकजाँच गर्ने व्यवस्था गरीएको छ साथै दुर्घटना भैहालेमा समस्या समाधानार्थ स्थानीय, यातायात, व्यवसायी तथा जनपद प्रहरीको सयुक्त दुर्घटना समिति गठन अ.ट्रा.प्र.पोष्ट छिन्चु, बबई, मेहलकुना, बाङ्गेसिमल, बादेपिपल र लेखबेसी सुर्खेतमा गरीएको छ ।
  • लामो दुरीको सवारी साधनमा २ (दुई) वटा चालक राखिएको वा नराखिएको भनी छिन्चुमा Mobile Apps वाट चेक जाँच गर्ने गरीएको ।
  • QRT मो.सा.मा प्रहरी परिचालन
  • तिब्र गति नियन्त्रण गर्न राडर गनको प्रयोग
  • मा.प.से. सेवन गरी सवारी साधन चलाउने, ट्राफिक नियम उलंघन गर्नेलाई कारवाही
  • चाडपर्वमा प्रदेशबाट छुट्ने लामो दुरीका सवारी साधनको यान्त्रिक परिक्षण
  • चाडपर्वहरुमा यात्रु सहायता कक्ष स्थापना गरी नागरिक मैत्री सेवा उपलव्ध गराएको ।
  • चाडपर्वको समयमा लामो दुरीका सवारी चालकलाई “सडक सभ्यता, हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना” सहितको कार्यक्रम संचालन गरिएको ।
  • यातायात व्यवस्था कार्यालय सुर्खेतबाट मिति २०७८।१२।२७ गते संचालन भएको वर्ग A को ट्रायल परिक्षामा नक्कली परिक्षार्थीको रुपमा परिक्षा दिने ३ जना समेत परिक्षा दिन लगाउने १ जनालाई पक्राउ गरी कानुनी कारबहीको लागी जि.प्र.का.सुर्खेतमा बुझाईएको ।
  • कर्णाली प्रदेशमा आ.व. ०७८/०७९ मा रू३,३२,६३,०००। राजश्व संकलन गर्न सफल भएको ।
  • छाडा चौपाया व्यवस्थापनको लागि भेरी किनारमा व्यवस्थापनको काम भईरहेको ।

 

च. कर्णाली प्रदेशको सडक सुरक्षा तथा सवारी व्यवस्थापनमा सुधार गर्नको लागि निरन्तरता दिनुपर्ने कार्यक्रम र योजनाहरुः

  • विद्यार्थीलाई कक्षा संचालन – सबै जि.ट्रा.प्र.का.हरुले नियमित रुपमा स्कुल सम्पर्क कार्यक्रम संचालन गर्ने ।
  • नयाँ चालकलाई कक्षा संचालन – यातायात व्यवस्था कार्यालय सुर्खेत र जुम्लामा आवेदन दिई सवारी चालक अनुमति पत्रको लिखित परीक्षा उत्तिर्ण गरेका प्रशिक्षार्थीहरुलाई सवारी चालक अनुमति पत्र दिनु भन्दा अगावै सम्बन्धित जि.ट्रा.प्र.का.हरुले ट्राफिक नियम सम्बन्धी अनुशिक्षण कार्यक्रम  संचालन गर्ने ।
  • व्यवसायिक चालक तथा परिचालकहरुलाई कक्षा संचालन – सबै जि.ट्रा.प्र.का.हरुले प्रत्येक हप्तामा २ पटक अनिवार्य रुपमा सडकमै चालकसंग एक (१) मिनेट कार्यक्रम गर्ने, यातायात व्यावसायी र मजदुर संघ संस्थासंग समन्वय गरी प्रत्येक ३/३ महिनामा जनचेतनामुलक गतिविधि गर्ने गराउने ।
  • सर्वसाधारणलाई कक्षा संचालन – राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्याम (टि.भी., रेडियो, एफ.एम, पत्रपत्रिका तथा अनलाईन मिडिया) हरुबाट सडक प्रयोगकर्ता आम नागरीक, पैदल यात्री, चालक, परिचालक तथा सवारी यात्रुहरुलाई लक्षित गरी जनचेतनामुलक कार्यक्रमहरु प्रचार तथा प्रसारण गर्ने ।
  • अन्तरक्रिया तथा गोष्ठी – प्र.जि.अ.ज्यू हरुसँग समन्वय गरी जिल्ला यातायात व्यवस्थापन समिति मार्फत सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सरोकारवालाहरुको नियमित वैठक गरी आवश्यक निर्णयहरु गराई कार्यन्वयन गर्ने गराउने ।
  • Karnali Province Road Safety Week- ‍वर्षमा १ पटक नियमित रुपमा गर्ने गरी व्यवस्था मिलाउने ।
  • सडक अतिक्रमण हटाउन, फुटपाथ व्यवस्थापन गर्न,जथाभावी पार्किङलाई व्यवस्थित गर्न, छाडा पशु चौपायाहरुलाई नियन्त्रण गर्न, फोहोर व्यवस्थापन गर्न, सडकका खाल्डा खुल्डीहरुलाई पुर्न र ट्राफिक आवागमन सुचारु गर्न जनचेतना फैलाउने उद्देश्यले माईकिङ गर्ने गराउने उद्धश्यले समन्वय वैठक, माईकिङ लगायतका काम गर्ने ।
  • चालक यात्रु मैत्री कक्षा – लामो दुरीमा चल्ने सवारी साधनमा २ वटा चालक रहे /नरहेको चेकजाँच गर्ने, रि-फ्रेस सेन्टर र ट्राफिक मोबाईल एपको प्रयोग गर्ने गराउने, यात्रुहरुलाई सुविधाको लागी प्रतिक्षालय, क्यान्टिन, नागरीक सहायता कक्षा र शौचालयको व्यवस्था गर्ने गराउने, चालक तथा यात्रुहरुको व्यक्तिगत सुरक्षा र  सडक सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गर्ने ।
  • पर्चा पम्प्लेट तथा पोष्टर वितरण – चालक, परिचालक, सवारी यात्रु, मोटरसाईकल तथा स्कुटर चालक, साईकल यात्री, पैदल यात्रीहरुलाई लक्षित गरी छुट्टा छुट्टै किसिमका पर्चा पम्प्लेट तथा पोष्टरहरु बनाई वितरण गर्ने ।
  • #Streets for life #Love30 #Save Kids Lives #Safe to School-Safe to Home (S2S-S2H) #Love30 Photo Contest #Road Safety School Oratory Competition #Road Safety Quiz Contest #Road Safety School Awareness Program कार्यक्रम – कर्णाली प्रदेशको १० जिल्लामा उच्च हिमाली, पहाडी र मध्य पहाडी भु-भाग रहेको, मापदण्ड अनुसारको सडक संजाल बिस्तार भै नसकेको, सवारी दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर राखि सवारी साधनहरुको गतिलाई सिमित गरी बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न प्रत्येक सवारी चालकहरुलाई १ घण्टामा ३० कि.मी. को गतीमा सवारी साधन चलाउन प्रेरित गर्ने उद्देश्यले #Love30 कार्यक्रम संचालन गर्ने, टाईम कार्ड लाई कडाईका साथ लागु गर्ने गराउने ।
  • मादक पदार्थ सेवन बिरुद्ध अभियान #Impaired Driving Prevention Week – सवारी चालकले मा.प.से.गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना भई ठुलो मात्रामा जिउ ज्यान जाने, अंग भंग हुने, घाईते हुने र धन सम्पत्ती हानि नोक्सानी हुने गरेकोले मादक पदार्थ सेवनलाई लक्षित गरी चेकजाँच गर्ने व्यवस्था मिलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई अनिवार्य रुपमा ट्राफिक सचेतना सम्बन्धी कक्षा संचालन गर्ने र अभिलेख चुस्त दुरुस्त राख्ने । ला प से, Speed, Seat Belt, Mobile, Distraction रोक्ने र Helmet प्रयोग अनिवार्य गर्ने ।
  • छाडा पशु चौपाया नियन्त्रण अभियान – छाडा पशु चौपायाका कारण दिनानुदिन सडक दुर्घटना बढ्दो क्रममा रहेकाले स्थानीय निकायसँग समन्वय गरी त्यस्ता पशु चौपायाहरुलाई सडकबाट विस्थापित गरी कान्जी हाउसमा राख्ने व्यवस्था मिलाउन पहल गर्ने, पशुधनीहरुलाई दण्ड जरीवाना गर्न गराउन पहल गर्ने, जनचेतना फैलाउन माईकिङ् गर्ने ।
  • स्थानीय सरकार, उद्योग वाणिज्य संघ, स्थानिय नागरीक र दातृ निकायहरु संग राजमार्ग,सहायक मार्ग र बजार क्षेत्रमा आवश्यकता अनुसार बिभिन्न स्थाहरुमा CCTV,Traffic Light, सडक बत्ती  तथा High Mart Light राख्न पहल गर्ने ।
  • आवश्यकता अनुसार राजमार्ग, सहायक मार्ग र बजार क्षेत्रको बिभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई सुरक्षित बाटो काटनको लागि ओभरहेड ब्रिज, सब वे, जेब्रा क्रसिङ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने
  • विद्यालय,अस्पताल,मानिसहरु बढी भेला जम्मा हुने स्थानहरुमा सुरक्षित रुपमा बाटो काट्न स्पिड कन्ट्रोल बोर्ड र जेब्रा क्रसिंङ राख्न लगाउने ।
  • हराएका तथा चोरी भएका सवारी साधनहरुको खोज तलासका लागी सादा पोशाकमा प्रहरी परिचालन गर्न,चोरीमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन ,धनीको पहिचान गरी सवारी साधन सम्वन्धित व्यक्तिलाई जिम्मा लगाउन,अनुसन्धान कार्यलाई प्रभावकारि बनाउन छिटो छरितो अभिलेख भिडाउन यातायात कार्यालय संग समन्वय बढाउन र अनुसन्धान कार्य पुरा गरी चोरीका सवारी साधन राजस्व तथा भन्सार पठाउन प्रदेश ट्राफिक प्रहरी कार्यालयमा “पिडत सहायता कक्ष”(VSU) शाखाको स्थापना गरिनुपर्ने ।
  • कर्णली प्रदेशमा हिमाली, पहाडी र मध्य पहाडी भु-भाग रहेको, सडक संजालको उचित व्यवस्थापन भै नसकेको र सवारी दुर्घटनाको उच्च जोखिम रहेकोले सवारी दुर्घटना भैहालेमा छिटो छरीतो समस्या समाधान गर्नको लागी स्थानीय निकाय, यातायात व्यावसायी, नागरीक समाज तथा सिभिल प्रहरीसंग प्रभावकारी समन्वय गर्ने ।
  • सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न,ट्राफिक कसुर गर्ने चालक तथा धनिलाई दण्ड जरिवाना गर्न, ट्राफिक प्रहरी प्रती समाजमा सकरात्मक सन्देश फैलाउन ट्राफिक चेकिङ्, QRT परिचालन गर्ने, आर्थिक अनियमिततामा शुन्य शहनसिलताको नीति अवलम्वन गर्ने गराउने ।
  • VVIP/VIP को सवारी, विशेष मेला, पर्व, सभा, सम्मेलन कार्यक्रममा आवागमनलाई सरल सुगम र भरपर्दो बनाउन र उचित ट्राफिक पार्किङ व्यवस्थापन मिलाउन ट्राफिक ब्यवस्थापन सुरक्षा कार्ययोजना बनाई ट्राफिक जनशक्ति परिचालन गर्ने ।
  • राजमार्गमा सवारी साधनको गति सीमित राख्न राडर गन सहितको चेकजाँचको व्यवस्था मिलाउने, कसुर गर्ने उपर दण्ड जरिवाना गर्ने ।
  • सवारी साधनको गतिको सिमित गर्नको लागि सुर्खेतको बाङ्गेसिमल- बड्डिचौर,कपासे- सियाकोट-तल्लो डुङ्गेश्वर, पाल्तडा देखि राकम कर्णाली सम्म, छिन्चु-बोटेचौर-सल्ली- छेडा-जाजरकोट खलंगा सम्म सार्वजनिक सवारी साधनमा टाईम कार्ड लागु गरिएको छ टाईम कार्ड कार्यन्वयन गरि अभिलेख चुस्त दुरुस्त राख्ने ।
  • नेपालीहरुको महान चाड बिजयादशमी, शुभदिपावली छठ र नेपाल संवतलाई  लक्षित गरी “सडक सभ्यता हाम्रो चाहाना,सुरक्षित यात्राको सवैमा शुभकामना” सहितको नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरुको पिर मर्का गुनासो सुनी छिटो छरीतो समस्या समाधान गर्न नागरीक सहायता कक्षको स्थापना गर्ने गराउने ।
  • लाईसेन्सको लिखित र ट्रायल परिक्षामा CC Camera को उच्चतम प्रयोग गर्ने गराउने,नक्कली प्रशिक्षार्थी उपर निगरानी र कारवाही गर्ने । जुम्लाको लाईसेन्स परीक्षा प्रणालीलाई पारदर्शी , निष्पक्ष र जनउत्तरदायी वनाउन प्रविधिको प्रयोग गर्ने व्यवस्था मिलाउने ।
  • मालवाहक सवारी साधनको भारवाहन क्षमता चेकजाँच गर्न धर्म काँटा स्थापनाको लागि पहल गर्न सडक, स्थानीय सरकार, उद्योगी र व्यवसायीहरुलाई अनुरोध गर्ने ।
  • कर्णाली प्रदेशको प्रमुख नाका ववई चेक प्वाइन्टमा सुविधा सम्पन्न डिजिटल सर्विलेन्स चेक प्वाइन्टको लागि पहल गर्ने ।
  • यातायात व्यवस्था कार्यालयको अनुमति विना स्वरुप परिवर्तन गरिएका सवारी साधन, ठुलो ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने सवारी साधनहरु,जथाभावी गरि चलाउने सवारी साधन उपर निग्रानि बढाउने र बढी भन्दा बढी कारवाहीको दायरामा ल्याउने ।
  • कर्णालीका सवै जिल्लाहरुमा जरीवाना गर्दा क्यु आर कोड मार्फत गर्ने गराउने व्यवस्थाको लागि पहल गर्ने ।
  • सार्वजनिक यात्रु बाहक सवारी साधनमा आरक्षण सिट कार्यन्वयन गरे/नगरेको अनुगमन गरी जेष्‍ठ नागरीक, फरक क्षमता तथा बिधार्थीले टिकटमा पाउने सहुलियत छुट  सवै सवारी साधनलाई कार्यान्वयनका लागि प्रेरित गर्ने ।
  • राजमार्ग,सहायक मार्ग तथा बजार क्षेत्रमा बढी दुर्घटना हुने जोखिमयुक्त स्थानको पहिचान गरी Black Spot Board राख्ने ।
  • राजमार्ग तथा बढि आवत जावत हुने स्थानमा बाढि पहिरो र अन्य कारणले सवारी आवागमन अवरुद्ध हुँदाका बखत छिटो अवरोध हटाउन पहल गर्ने ।
  • सडक तथा फुटपाथ अतिक्रमण गरी बनाईएको संरचनाहरु र राखिएका निर्माण सामाग्री हटाउन स्थानिय निकाय संग समन्वय तथा सहकार्य गरी दण्ड जरिवाना समेत गर्ने व्यवस्था मिलाउने ।
  • सवारी साधन तथा चालकको कागजातहरु नवीकरण फेल र बिमा फेल भएका सवारी साधनहरु नियन्त्रणमा लिइ नवीकरण गरे पश्चात मात्र छोड्ने व्यबस्था मिलाउने ।
  • बिदाको दिन बिना पास संचालन हुने सरकारी सवारी साधनहरु उपर कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउने ।
  • ट्राफिक व्यबस्थापन तथा सवारी दुर्घटना न्युनिकरण सम्वन्धी बिषयबस्तुलाई समेटी कक्षा ४ देखी १० सम्मका प्रत्येक कक्षामा कुनै एक अनिवार्य विषयको पाठ्यक्रममा समावेस गरी अध्यन अध्यापन तथा कक्षा ९ र १० का विधार्थीलाई ट्राफिक व्यवस्थापन सम्वन्धी फिल्डमा गई प्रयोगात्मक अभ्यास गराउने।
  • नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पुरानो भवनमा भएकोले कार्यालय भवन, निवास, व्यारेक तथा मेसको लागि पहल गर्ने ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको लागि कार्यालय भवन निर्माणको पहल गर्ने ।

 

छ. कर्णाली प्रदेशको आर्थिक बर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी समिक्षा:

कर्णाली प्रदेशमा सडकको अवस्था (Self explaining and forgiving roads), सवारी चाप, भौगोलिक अवस्था, कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा अभाव र आम जनमानसमा नियम पालना नगर्ने प्रवृत्ति (सडक सुरक्षा सचेतनाको अभाव) कारण यस प्रदेशमा दिनानुदिन सवारी दुर्घटनाहरुबाट मृत्यु हुने र घाईते हुने संख्या बढ्दो छ । प्रदेशको सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा यस आर्थिक बर्ष २०७८।०७९ मा मानिस मृत्यु १९७ जना, गम्भिर घाईते ३६२ जना, सामान्य घाईते ५८८ जना भएको पाईन्छ भने जम्मा सवारी दुर्घटना संख्या ४०२ रहेको छ । साथै ४८१ वटा सवारी साधनहरुमा आंशिक तथा पूर्ण क्षति भएको छ । कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनाको तथ्याङ्कहरुलाई विश्लेषण गर्दा सवारी दुर्घटनाको कारण मानिसको ज्यान जाने, अंगभंग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर दिनानुदिन बढ्दै गएको पाईन्छ । यसबाट राज्यलाई पनि सवारी दुर्घटनाको कारण उपचार, अनुसन्धान, विमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा बृद्धि भएको देखिन्छ ।

 

तसर्थ कर्णाली प्रदेशलाई सडक सुरक्षाको दृष्टिकोणले सुरक्षित क्षेत्र (Safer Zone) बनाउनको लागि  प्रदेश, जिल्ला र पालिका स्तरीय सडक सुरक्षा सम्मेलन गरी सरोकारवाला निकायहरुलाई प्रतिवद्धता गराई कार्ययोजना बनाई निरन्तर रुपमा समन्वय, सहकार्य गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन सके कर्णाली प्रदेशमा हुने सडक दुर्घटनाबाट भएको क्षतिमा कमी ल्याउन सकिन्छ । यसलाई Whole-of-Community Action Plans को रुपमा अघि बढाउनुपर्ने आवश्यकता छ।

 

समग्रमा कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई भौतिक श्रोत साधन सम्पन्न गराउनु पर्ने साथै ट्राफिक सचेतनात्मक कार्यक्रमहरुलाई नियमित प्रभावकारी बनाउन नीतिगत रुपमा नै कार्यक्रम बजेटको विनियोजन हुने व्यवस्था मिलाईनु पर्ने आवश्यकता रहेको छ ।