२०८१ बैशाख १४ , शुक्रवार

रोट्र्याक्ट क्लब अफ हेमजाको ८ औं पदस्थापन

गोविन्द तिमिल्सिना /हेमजा । रोट्र्याक्ट क्लब अफ हेमजाको ८ औं पदस्थापन कार्यक्रम शनिवार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत क्लबले रोटा वर्ष २०२२–२३ को अध्यक्षमा इ. बिकल थापालाई चयन गरेको छ ।

क्लवको आई.पि.पिमा. भिमराज तिमिल्सिना, भाइस प्रेसिडेन्ट–१मा सरला अधिकारी, भाइस प्रेसिडेन्ट–२मा विश्वराज पौडेल, सेक्रेटरी अनिल पौडेल, प्रेसिडेंट इलेक्ट विशाल बास्तोला, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, जोइन्ट सेक्रेटरी सगुना थापा, क्लव एड्मिनिटिभ चेयरमा प्रकाश पौडेल, सर्भिस प्रोजेक्ट चेयरपर्सन अश्विन बास्तोला, इन्टरनेशनल सर्भिस चेयर पर्सनमा आस्था थापा, प्रोफेसनल डेभलपमेन्ट चेयर श्रृंखला त्रिपाठी, पब्लिक इमेज चेयरमा ज्योति क्षेत्रि आइटी अफिसर सुरेन्द्र तामाङ र सर्जनेट आर्मस् लक्ष्मी अधिकारी रहेका छन् । कार्यक्रममा भुपु अध्यक्ष रोट्रयाकटर अनिल जिसिले नया अध्यक्षलाई पदस्थापन गराए ।

त्यस्तै अध्यक्ष थापाले १५ सदस्य सहितको बोर्ड अफ डिरेक्टरलाई सपथ ग्रहण गराए । सो अवसरमा ३ जना नयाँ सदस्य क्लवमा थपिएका छन् । सचिव अनिल पौडेलले सञ्चालन गरेको कार्यक्रममा अतिथि रोट्र्याक्ट क्लब अफ पोखराका अभिषेक सुवेदी, आकाश रानाभाट र सञ्चारकर्मी गोविन्द तिमिल्सिनाले नयाँ पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।