२०८१ बैशाख १४ , शुक्रवार

जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण सम्पन्न

सुनाखरी न्युज/ बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ अहोरात्र प्रहरी परिचालन गर्न र भारतिय काउण्टर पार्टस संग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिनु भयो, जंगली जनावरको आक्रमणबाट बर्षेनि धेरै जनधनको क्षेति हुने गरेकोले यसको नियन्त्रणको लागि स्थानिय सरकार तथा अन्य सुरक्षा निकाय संग समन्वय गरी नागरिकको जीउ धनको सुरक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

 

निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण गर्नको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन हुन निर्देशन दिनु भयो ।