२०८१ बैशाख १४ , शुक्रवार

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ रूपन्देही-

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।