२०८१ बैशाख १४ , शुक्रवार

जातीय हिंसामा परी १०५ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

 

इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।

सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए । पुनः झडपको जोखिम कायमै रहेकोले नाइल राज्यमा अझै केही दिन सेना परिचालन हुने भएको छ । एजेन्सी