२०८१ बैशाख २६ , बुधवार

देशभर सामान्यदेखि पूर्ण रुपमा बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। आज (बिहिबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ।

 

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहनेछ । साथै देशका पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

 

त्यस्तै, सुदूरपश्चिम र प्रदेश-१ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहिबार राति भने देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण रुपमा बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। साथै देशका पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।