२०८१ बैशाख १५ , शनिवार

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

सुनाखरी न्युज/ काठमाडौं –

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ ।  आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनः एकीकरण मन्त्रालयले जनाएको छ ।

 

रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ ।

 

गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैनिक बेपत्ता भएका बताएका थिए । एजेन्सी