२०८१ बैशाख १४ , शुक्रवार

आज सुनचाँदीको मुल्य बढ्यो

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य ५ रुपैयाँले बढेको हो ।

 

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।