२०८१ बैशाख १४ , शुक्रवार

फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं –

दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो ।

 

विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा निर्माण भएको यो फिल्म १० भदौमा रिलिज हुँदैछ। यसअघिका प्रेमीको रुपमा देखिँदै आएका अभिनेता प्रदीप खड्काको यसमा भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका मुख्य कलाकारको रुपमा अभिनय छ ।

 

जुन फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् भने राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको निर्माण युनिटले जनाएको हो।