२०७९ श्रावण ३० , सोमवार

सिभिल बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट

सुनाखरी न्युज/ काठमाडौं । सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।

 

एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन् ।

 

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव ९५ अर्व रूपैयाँ निक्षेप परिचालन गरी ८७ अर्व रूपैयाभन्दा बढी कर्जा लगानी गरीसकेको छ ।