२०७९ श्रावण ३० , सोमवार

एटिएम मेशिन फोर्न खोज्ने पक्राउ

सुनाखरी न्युज/ कास्की । पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा सोही महानगरपालिका-९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।