२०८१ बैशाख १४ , शुक्रवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ११६० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ११६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।