२०८१ बैशाख १४ , शुक्रवार

युक्रेनीका सुरक्षा निकाय प्रमुख पदमुक्तः विद्रोहीलाई सहयोग गरेको आरोप

सुनाखरी न्युज/ काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा निकायका प्रमुख र अभियोजक जनरललाई पदमुक्त गर्नुभएको छ ।

 

सुरक्षा निकाय प्रमुख इभान बाकानोभ र अभियोजनकर्ता इर्ना भिनिडिकटोभालाई पदबाट निस्कासन गरिएको जानकारी राष्ट्रपति जेलेन्स्कीले भिडियो सम्बोधन मार्फत् दिनुभएको हो । दुई शक्तिशाली संगठनमा रहेर उनीहरुले देशद्रोहका धेरै मुद्दाहरूमा सामेल भएको आरोप लगाउँदै जेलेन्स्कीले दुबैलाई बर्खास्त गर्नुभएको हो ।

 

रुसले कब्जामा लिएको क्षेत्रमा ६० भन्दा बढी पूर्व कर्मचारीहरु युक्रेन विरुद्ध काम गरिरहेको पनि जेलेन्स्कीको भनाइ छ । कानुन कार्यान्वय अधिकारीहरु विरुद्ध नै देशद्रोह र विद्रोही पक्षलाई सहयोग गरेका ६ सय ५१ वटा मुद्दा रहेको उहाँको भनाइ छ । राष्ट्रपतिबाट निस्कासित दुबै अधिकारीले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।