२०८१ बैशाख १४ , शुक्रवार

आइतबारसम्म ३१ जनामा हैजा पुष्टि, हैजा देखिएकामध्ये १४ वर्षभन्दा मुनिका ६ बालबालिका

सुनाखरी न्युज/ काठमाडौं –
काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

 

महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो । ‘नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो,’ महाशाखाका प्रमुख चुम्मनलाल दासले भने,’ अहिले उहाँ घर फर्किनु भएको छ ।

हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन्।

 

त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका ७ जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।

 

हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ ।