२०८१ बैशाख १४ , शुक्रवार

ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ मोरङ। १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (RIT) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैचा नगरपालिका-५ का २७ बर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।

 

पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ ।